post-slider post-slider

एकीकृत समाजवादीको आम्दानी ८ करोड

Image
A A

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा ८ करोड ४ लाख ५६ हजार ७०९ रूपैयाँ भएको छ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा ७ करोड ८२ लाख ६८ हजार ८११ रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार रू. २१ लाख ८७ हजार ८९८ रकम बचत भएको छ।

चालु आर्थिक वर्षको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल १ करोड ३२ लाख ४८ हजार ७५६ रूपैयाँ मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिएका छन्।

 

Tags: