post-slider post-slider

विश्व शान्तिका लागि संवादमात्र एक विकल्प : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिएका छन्।

संयुक्त राष्ट्र संघको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डल नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका हुन्।

निःशस्त्रीकरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको भेटवार्ताका क्रममा प्रचण्ले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताए।

विश्व शान्तका लागि संवादमात्रै एकमात्र विकल्प भएको उनको भनाइ थियो।

रूस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिए।

उनले नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएको उल्लेख गरे।

संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरूको नेतृत्वकर्ताको हैसितयले खेलेको भूमिकाका बारेमा चर्चा गर्दै प्रचण्डले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरूमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए।

संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डलका तर्फबाट बोल्दै इजुमीले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै दक्षिण एसियाली क्षेत्रमा शान्तिकेन्द्र बन्ने अपेक्षा राखेको बताइन्।

 

Tags: