post-slider post-slider

फजुल खर्च रोक्न जनप्रतिनिधिलाई कांग्रेसको निर्देशन

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले तीनै तहका सरकारलाई फजुल खर्च नियन्त्रण गर्न र आर्थिक मितव्ययिता अपनाउन निर्देशन दिएको छ।

चार दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले राखेका धारणाका आधारमा मुलुकको आर्थिक अवस्था कमजोर रहेका बेला सरकारले फजुल खर्च कम गर्नुपर्ने र आर्थिक मितव्ययिता अपनाउनुपर्ने विषय आफ्ना जनप्रतिनिधिलाई स्मरण गराएको हो।

स्थानीय, प्रदेस र संघ गरी तीनवटै तहमा कांग्रेसको प्रतिनिधित्व रहेको छ।

सोमबार बैठकपछि केन्द्रीय कार्यसमितिको बैठकका निर्णयका सम्बन्धमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी केन्द्रीय समिति बैठकले तीनवटै तहका सरकारलाई आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक संरचना सिर्जना गरेर भार नथप्न निर्देशन दिएको जानकारी दिएका छन्।

केन्द्रीय समिति बैठकमा स्थानीय तहले अनावश्यक गाडी खरिद गरेको, आर्थिक भार बढाउने गरी गतिविधि गरेको र प्रदेसमा गठबन्धनको भागबन्डा मिलाउन अनावश्यकरूपमा मन्त्रालयहरू फुटाउने काम भएको केन्द्रीय सदस्यहरूले गुनासो गरेका थिए।

बैठकले मुलुकलाई आर्थिक संकटबाट माथि उकास्न अहिले अनावश्यक र अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने निष्कर्ष निकालेको छ।

 

Tags: