post-slider post-slider

आइसिसी विश्वकप छनोट : टस जितेर बलिङ गर्दै नेपाल

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरूद्धको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

जिम्बावेको हरारेस्थित मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो।

दुईपटक विश्वविजेता भइसकेको वेस्टइन्डिजसँग नेपाल पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकप छनोट प्रतियोगितामा टेस्ट मान्यताप्राप्त क्रिकेट टिमसँग वेस्टइन्डिजविरूद्ध नेपाल दोस्रोपटक खेल्दैछ।

यसअघि छनोट प्रतियोगितामा जिम्बावेविरूद्धको पहिलो खेलमा नेपालले पराजित भएको थियो।

नेपालले बिहीबारको खेलमा पनि मंगलबार अमेरिकाविरूद्ध उतारेको टोली नै उतार्नेछ।

तीब्र गतिका बलर सोमपाल कामी आजको खेल पनि नखेल्ने भएका छन्। उनको स्थानमा मंगलबार खेलेका ललित राजवंशीलई नै निरन्तरता दिइएको छ।

 

Tags: