post-slider post-slider

पाइलट कुटाकुट प्रकरण : मन्थली विमानस्थलका प्रमुख निलम्बित

Image
A A

काठमाडौं- रामेछाप मन्थली विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका छन्।

तारा एयरलाइन्सका पाइलटहरूबीच विमानस्थलमै भएको कुटाकुट प्रकरणमा थापा निलम्बनमा परेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख थापालाई निलम्बन गरेको हो।

पाइलटहरूबीच भएको कुटाकुटसम्बन्धी घटनाको अनुसन्धान नटुंगिएसम्मका लागि थापालाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

शुक्रबार बहान मन्थली विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको थियो।

कुटाकुट गर्ने दुई पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठलाई पनि प्राधिकरणले निलम्बन गरेको छ।

 

Tags: