post-slider post-slider

राष्ट्रियसभामा पनि एमालेको अवरोध

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभाको बुधबारको बैठक पनि अवरूद्ध गरेको छ।

राष्ट्रियसभा बैठकको कार्यसूची प्रवेश गर्ने क्रममा एमालेका सांसदहरू सिटबाट उभिएर अवरूद्ध गरेका हुन्।

राष्ट्रियसभामा सांसदहरू आफ्नो स्थानबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ। 

साउन २ मा राजस्व अनुसन्धान विभागले सय किलो सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ।

एमालेको अवरोधका कारण १० साउनयता संघीय संसदको बैठक बस्न सकेको छैन।

एमालेको अवरोपछि राष्ट्रियसभाको बैठक २६ साउनसम्म स्थगित गरिएको छ।

यसअघि एमालेले बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरूद्ध गरेको थियो।

Tags: