post-slider post-slider

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

Image
A A

काठमाडौं- सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मध्यरातबाट चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

बुधबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परमार्श समितिको बैठकले बैठक सञ्चालन तथा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

अधिवेशन अन्त्य भएपछि संक्रमणकालीन न्यायसम्मबन्धी संक्रमणकाली न्याय (टिआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अर्को अधिवेशनमा सरेको छ।

टिआरसी संसदीय समितिमै छ भने सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिबाट पारित भएर प्रतिनिधिसभामा पेस भएको छ।

 

Tags: