post-slider post-slider

एमाले-कांग्रेसको सहमतिमा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच भएको सहमतिमा प्रतिगमन र निरंकुशताको डर रहेको बताएका छन्।

उनले प्रतिनिधिसभालाई सम्बोधन गर्दै मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउने प्रचलन विदेशी मुलुकहरूमा पनि नरहेको बताए। उनले कांग्रेर र एमाले मिलेर सरकार मात्रै बनाउने नभएर संविधान छेडछाड गर्ने प्रयत्न रहेको दाबी गरे।

‘सहमति गर्ने तरिका, ठाउँ, घर र जुन समय रोज्नुभो, यो जनताले हेरिरहेका छन् र बोध गरिरहेका छन्,’ उनले भने।

यो सहमतिमा नियत सफा नरहेको दाबीसमेत गरे। ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा रोज्नुपर्छ? कुतर्क र मध्यरातको सहारा चाहिन्छ र?,’ उनले प्रश्न गरे।

दाहालले संविधान संशोधनको नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने काम नगर्नसमेत कांग्रेस-एमालेको ध्यानाकर्षण गराए।

दाहालले डर र भयले कांग्रेस-एमालेलाई जोडेको दाबी गरे। ‘तपाईंहरूलाई सुशासनको डरले जोडेको हुनाले जुन परिस्थितिमा जुन तरिकाले मिल्न खोज्नुभएको छ, जनताले अनुमोदन गरेको छैन। जनताले आफैं मूल्यांकन गरिरहेका होलान् भन्ने धारणा छ,’ दाहालले भने।

यो संविधानमा नेकपा माओवादी केन्द्रको ठूलो योगदान रहेको भन्दै उनले जथाभावी गर्न नदिइने बताए।

Tags: