post-slider post-slider

पाकिस्तानको लगातार चौथो हार

Image
A A

काठमाडौं- एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले लगातार चौथो हारको सामना गर्नु परेको छ।

शुक्रबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा दक्षिण अफ्रिकासँग एक विकेटले पराजय भएपछि जारी विश्वकपमा पाकिस्तानले लगातार चौथो हार बेहोर्नु परेको हो।

यो हारसँगै पाकिस्तानको सेमिफाइनलसम्म पुग्ने यात्रा थप कठिन भएको छ।

टस जितेर पाकिस्तानले प्रस्तुत गरेको २७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेटले जित निकालेको हो।

दक्षिण अफ्रिकाले राम्रो सुरूवात गरे पनि निरन्तर विकेट खस्दै गएपछि दबाबमा परेको थियो।

एडेन मारक्रमरको शानदार ब्याटिङले दक्षिण अफ्रिकालाई दबाबबाट निकाल्न केही हदसम्म सहयोग पु¥यायो।

मारक्रमले दक्षिण अफ्रिकाका लागि सर्वाधिक ९१ रन बनाए। ९३ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।

कप्तान तेम्बा बमुवाले २८, क्विन्टन डिककले २४, रेसी भानडेर दुसानले २१, हेनरिक क्लासेनले १२, डेभिड मिलरले २९, मार्को जेनसनले २० र डेराल्ड कइट्जेले १० रन जोडे।

१० औं नम्बरमा ब्याटिङ गर्न आएका तवरेज सम्सी र सातैं नम्बरमा ब्याटिङका लागि आएका केशव महराजको साझेदारीले दक्षिण अफ्रिकालाई जितको लक्ष्यसम्म पु¥यायो।

दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेटको क्षतिमा २७१ रन बनाएर पाकिस्तानविरूद्ध जित हासिल ग¥यो।

पाकिस्तानका लागि शाहीनशाह अफ्रिदीले ३, हैरिस राउफ, मोहम्मद वासीम र उसामा मीरले २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २७० रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकीलले ५२ रन बनाए।

त्यस्तै सदाब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४, इमाम–उल–हकले १२, इफ्तिकार अहमदले २१ रनको योगदान दिएका थिए।

दक्षिण अफ्रिकाका लागि सम्सीले ४, मार्को जेनसेनले ३, कोइट्जेले २ र लुङी एनजिडीले १ विकेट लिए।

 

Tags: