post-slider post-slider

बाघको छालासहित गोदावरीबाट दुई जना पक्राउ

Image
A A

काठमाडौं– संरक्षित वन्यजन्तु बाघको छालासहित कैलालीको गदावरीबाट प्रहरीले दुई जनालाई गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले गोदावरी नगरपालिका–२ रिङरोडबाट दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्क बहादुर बिष्ट छन्। 

प्रहरीले उनीहरूको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद गरेको छ। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। 

Tags: