post-slider post-slider

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

Image
A A

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन्। प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले आजै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका हुन्।

गत भाद्र २२ गते सर्वोच्च अदालतको परमादेश बमोजिम संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले राजीनामाको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनको सम्भावना कायम राख्नसमेत सुझाव आएकाले राजीनामा दिएको बताए।

मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेका कारण प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ।

Tags: