post-slider post-slider

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार नेपाली नागरिक कुवेतबाट पक्राउ

Image
A A

काठमाडौं- जबरस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भइ फरार रहेका एक जना नेपाली नागरिक कुवेतबाट पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त काभ्रपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा कुवेतबाट पक्राउ परेका हुन्।

एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने / गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ।

लामाविरूद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुलेको थियो।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ११ असोजमा रेड नोटिस जारी भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ।

 

Tags: