post-slider post-slider

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या

Image
A A

काठमाडौं- काठमाडौंको शंखमुलमा पुल हाउस सञ्चालकको हत्या भएको छ।

बुद्धनगरमा टाइम पास कफी एन्ड पुल हाउस सञ्चालक ४० वर्षीय रुपक वान्तवाको आइतबार राति हत्या भएको हो।

वान्तवाको अनुहारभरि चोट लागेको अवस्थामा शंखमुलस्थित बुद्ध बिहारअगाडि पुलमा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

घटना अनुसन्धानका लागि प्रहरी परिसरको टोली गएको छ। घटनाको बारेमा अहिले केही पनि नखुलेको एएसपी रजौरेले बताए।

Tags: