post-slider post-slider

आज गोवर्धन पूजा गरिँदै

Image
A A

काठमाडौं- यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गोवर्धन पूजा पूजा गरिँदैछ।

गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी यमपञ्चकको चौथो दिन मनाउन लागिएको हो।

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रनीकट गर्ने गरिन्छ।

आजका दिनमा घर आँगानमा लिपपोट गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलाधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पूजा गर्ने प्रचलन रहेको बताइन्छ।

 

Tags: