post-slider post-slider

नीजि विद्यालयलाई गुठीमा लैजाने विवादले अड्कियो संघीय शिक्षा ऐन 

Image
A A

काठमाडौं । संघीय शिक्षा ऐन नीजि विद्यालयलाई गुठीमा लैजाने विवादले क्याबिनेटमा अल्झिरहेकोमा विद्यार्थी संगठनले एक्यवद्धता जनाएका छन्। 

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘संघीय शिक्षा ऐन कस्तो’ विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी संगठनहरुले संघीय शिक्षा ऐन अड्किनुमा ‘नीजि विद्यालयलाई गुठीमा लैजाने कि नलैजाने भन्ने विवाद’ मुख्य कारण रहेको बताए। 

शिक्षामा लगानी गरेकाको धम्कीले संघीय शिक्षा ऐन शीर्ष नेताहरुको खल्तीमा रोकिएको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सन्देश पराजुलीले बताए। 

‘अहिले पैसा हुने र नहुनेले लिने शिक्षा फरक हुनुको कारण  शिक्षा मुनाफामूखि भएर हो,’ उनले भने, ‘शिक्षामा मुनाफा हुन नदिन ऐनमा निजी विद्यालयलाई गुठीमा लैजाने विषय उठेको छ। शिक्षामा लगानी गरेकाको धम्किले  शिक्षा ऐन रोकिएको हो।’ 

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले पनि पराजुलीसँग सहमती जनाउकी छिन्।  संघीय शिक्षा ऐन निजी शिक्षण संस्थाका मालिकका कारण क्याबिनेटमा अल्झिरहेको उनले बताइन्। 

‘दलालको हस्तक्षेपलाई राजनैतिक दलले क्रस गर्न नसक्दा ऐनको मस्यौदा क्याबिनेटमा अल्झिरहेको छ,’ उनले भनिन्।’

राज्य माफियाको चङ्गुलमा फसिरहेको उनले दुखेसो पोखिन्। 

निजी शिक्षण संस्था गुठीमा लगेर सार्वजानिकिकरण गर्नुपर्नेमा उनले जोड दिइन्। 

नेपाल ल क्याम्पसका स्ववियु अध्यक्ष विष्णु ढुङगेलले मन्त्री परिषद्का केही व्यक्तिले ऐनको मस्यौदा क्याबिनेटमा अल्झाइरहेको बताए। 

विद्यालय प्रालि (निजी) मा दर्ता गर्न नपाउने, अहिले निजी विद्यालयलाई सार्वजानिक वा निजी गुठीमा कन्भर्ट गर्ने व्यवस्था नगरे शिक्षामा निजीकरण बन्द नहुने उनले बताए ।

Tags: