post-slider post-slider

अमेरिकामा भरतनाट्यम डान्सरको गोली हानी हत्या

Image

एजेन्सी - पश्चिम बंगालका भरतनाट्यम र कुचिपुडी डान्सर अमरनाथ घोषको अमेरिकाको मिजुरी राज्यमा गोली हानी हत्या गरिएको छ। टेलिभिजन अभिनेत्री देवोलिना भट्टाचार्यले शुक्रबार घोषको हत्या भएको जानकारी दिएकी हुन्।

अमरनाथ फेब्रुअरी २७ मा सेन्ट लुइस एकेडेमी नजिकै साँझको पैदल यात्राको लागि बाहिर निस्केका थिए,  सोही बेला उनीमाथि आक्रमणकारीहरूले गोली हानेका थिए। भट्टाचार्यले मार्च १ मा सामाजिक सञ्जालमा घटनाबारे जानकारी दिएकी हुन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र अमेरिकास्थित भारतीय दूतावाससँग यस विषयमा छानबिन गर्न माग गरेकी छन्। 

घोषका बाबुआमा थिएनन्

ट्विटर X मा जानकारी दिँदै भट्टाचार्यले भनिन्, 'घोष पश्चिम बंगालको कोलकातामा बस्थे। उनी सेन्ट लुइसको वाशिंगटन विश्वविद्यालयमा पढ्न गए। यहाँ ललितकलामा स्नातकोत्तर गर्दै थिए। उनका आमाबाबुको पहिले नै मृत्यु भइसकेको थियो।'

भारतीय दूतावासले घटनाबारे भनेको छ- सेन्ट लुइस, मिसौरीमा मारिएका अमरनाथ घोषका परिवार र साथीहरूप्रति गहिरो समवेदना। हामीले फरेन्सिक टोली र प्रहरीलाई उनीहरूको अनुसन्धानमा मद्दत गरिरहेका छौं।'

Tags: