post-slider post-slider

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृषण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ।

उनीहरूविरू राष्ट्रहित प्रतिकूल संगठित अपराध, ठगी र कीर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।

आरोपितविरूद्ध २८ करोड ८१ लाख रूपैयाँ बिगो कायम गरिएको छ।

मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार थिए।

फरारमध्येका एक जना लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन्। यही अभियोगमा प्रतिवादी बनाइएका हरिभक्त बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन्।

हरिभक्त काठमाडौंबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

Tags: