post-slider post-slider

आज दिनभर काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत् अवरुद्ध हुने

Image
A A

काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ।

टेकू सबस्टेशन स्तरोन्नती गरी यतिबेला टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेकाले टेकू तथा के-३ सबस्टेसन तथा साेसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट विद्युत आपूर्ति भइरहेका स्थानमा बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार उक्त स्टेसनहरूबाट आपूर्ति भइरहेको काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरकाे पुलचोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

bidhhut1693620294.jpg

Tags: