post-slider post-slider

सरकारले स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन्।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा शनिबार गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउन सकिने बताउँदै उनले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।

ओलीले सरकारले सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने जिकिर गरे।

लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरको भ्रमणका क्रममा राख्न नसक्नु देशप्रतिको बेइमानी भएको उनको भनाइ थियो।

 

Tags: