.png)

पेट्रोल, डिजेल र मट्टीतेलमा एकैपटक मूल्यवृद्धि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
निगमले बुधबार बेलुका एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको जनाएको हो।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार नै प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमको भनाइ छ।
खरिद लागतमा वृद्धि भएपछि उपभोक्ता मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पुगेको छ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मटीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ ५० पैसा थियो।
निगम सञ्चालक समितिको निर्णय अनुसार, नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने छ।