तिब्बतमा भूकम्पमा परी ५३ जनाको मृत्यु (अपडेट)
काठमाडौं - मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।
पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो।
चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्।
उक्त भूकम्पमा परी सयौं घाइते भएका छन्। दर्जनौं घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।
पूर्वी नेपालमा भूकम्पको धक्का बेजोड महसुस भए पनि हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन।