post-slider post-slider

म्याक्सवेलको सतकको मदतले भारतविरूद्धअस्ट्रेलियाले जित्यो तेस्रो टि–२०

Image
A A

काठमाडौं- ग्लेन म्याक्सवेलको सतकीय इनिङको मदतले जारी टि–२० श्रृंखलामा अस्ट्रेलियाले भारतलाई पाँच विकेटले पराजित गरेको छ।

मंगलबार राति गुवाहाटीमा खेलिएको श्रृंखलाअन्तर्गतको तेस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको हो।

भारतले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा २२२ रन जोडेको थियो।

तर, यो रोमाञ्चक खेलमा म्याक्सवेलले अन्तिम बलमा चौका हानेर टिमलाई जित दिलाए।

म्याक्सवेलले मात्र ४८ बलमा १०४ रन बनाए। उनले कप्तान मैथ्यू वेडको राम्रो साथ पाएका थिए।

वेडले १६ बलमा २८ रन बनाए।

अस्ट्रेलियाले अन्तिम दुई ओभरमा ४५ रन बनाएर म्याचलाई भारतको कब्जाबाट खोसेका थिए।

भारतका तीब्र गतिका बलर प्रसिद्ध कृष्णाले चार ओभरमा सबैभन्दा बढी ६८ रन दिएका थिए।

भारतको तर्फबाट सबैभन्दा सफल बलर रवि बिस्नोइ रहे। उनले चार ओभरमा ३२ रन दिएर तीन विकेट लिए।

यसअघि भारतका ऋतुराज गायकवाडको अविभिजन १२३ रनको मदतबाट भारतले २० ओभरमा तीन विकेट गुमाएर २२२ रन बनाएको थियो।

टि–२० म्याचमा अस्ट्रेलियाविरूद्ध सतक प्रहार गर्ने गायकवाड भारतको पहिलो ब्याटर बनेका छन्।

कप्तान सूर्यकुमार यादवले ३९ र तिलक वर्माले ३१ रन बनाए।

पाँच टि–२०  म्याचको यो श्रृंखलाको चौथो खेल शुक्रबार छत्तीसगढको राजधानी रायपुरमा खेलिनेछ। त्यस्तै अन्तिम म्याच आइतबार बेंगलुरूमा हुनेछ।

श्रृंखलामा भारतले दुई म्याच जितिसकेको छ।

Tags: