post-slider post-slider

प्रमाण भएर नै रबि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

Image
A A

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका हुन्।

उनले भने, 'केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई? प्रमाण खोई? भनेर खोजिराखेको पाएँ। त्यत्रो तथ्य र प्रमाणहरू भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाइयो।'

थापाले समितिमा आफूहरूले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन्।

उनले भने, 'हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा पुगेनन होला? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला? अनि यसमा ख्याल गर्नुभएन? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला?’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए। 

उनले भने, ‘बरू, साथीहरू झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ। त्यसैले, म त फैसला कुरेर बसिरहेको छु। तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु।’

Tags: