post-slider post-slider

हतकडीसहित भागेका थुनुवा पक्राउ

Image
A A

काठमाडौं- काठमाडौं जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन्।

अदालत परिसरबाट फरार भएका थुनुवा सिन्धुपाल्चोकका कमल खड्का जडिबुटीबाट पक्राउ परेका हुन्।

ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका उनी बुधबार जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थिए।

खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खड्कालाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन्।

खड्का भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ।

 

Tags: