post-slider post-slider

‘मेरो खातामा चेक डिपोजिट भएको हो तर पैसा आएको छैन’

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख रकम जम्मा नभएको दाबी गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गरेर उनले यस्तो दाबी गरेका हुन्।

सञ्चार माध्यममा समाचार आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको उनले बताए।

लामिछानेले खातामा चेक डिपोजिट भए पनि पैसा नभएपछि फर्किएको बताए।

‘बैंकमा मेरो खातामा पैसा जम्मा गर्न चेक डिपोजिट भएको र चेकमा पैसा नभएपछि फर्किएको छ। त्यसैले मेरो खातामा चेक डिपोजिट भएको तर पैसा आएको छैन,’ ग्लोबल आइएमई बैंकले पठाएको पत्र पढ्दै उनले भने।

 

Tags: