post-slider post-slider

कांग्रेसभित्रको अन्तरघातको रोग हटाउनुपर्ने छ : देउवा

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्र्तघातको रोग रहेको बताएका छन्।

बिहीबार जनकपुरधाममा आयोजित मधेस प्रदेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।

उनले कांग्रेसको उल्लेख्य मतदाता भए पनि अन्तर्घातका कारण चुनावमा अपेक्षित नतिजा आउन नसकेको बताए।

‘कांग्रेसभित्र अन्र्तघातको रोग छ, यसलाई हटाउनुपर्ने छ,’ उनले भने, ‘यो अन्तर्घातको रोगलाई अन्त्य गर्ने गरी काम गर्नुपर्ने छ।’

देउवाले अहिलेकै निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउनसक्ने अवस्था नरहेको बताए।

‘विद्यमान निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउनसक्ने अवस्था छैन,’ उनले भने, ‘गठबन्धन गर्न बाध्यता छ। अर्को निर्वाचनमा कांग्रेसको बहुमत आउने गरी काम गर्न जरुरी छ।’

प्रदेस सम्मेलनमा उपसभातिहरु पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरुको सहभागतिा रहेको थियो।

 

Tags: