post-slider post-slider

अध्यागमन विभागअगाडि वैदेशिक रोजगार व्यवसायीहरूको प्रदर्शन

Image
A A

काठमाडौं- वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन विभाग कालिकास्थान अगाडि प्रदर्शन गरेको छ।

वैदेशिक रोजगार विभागबाट श्रव स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको विरोधमा संघले प्रदर्शन गरेको हो।

वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायतका देश जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फिर्ता पठाएको थियो।

वैदेशिक राजेगार ऐन, २०६४ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर जाने कामदारहरूलाई अध्यागमन कार्यालयले विनाकारण फर्काइरहेको संघको आरोप छ।

अध्यागमनको विनाकारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने उनीहरूले आरोप लगाएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र्र भण्डारीले विनाकारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेपछि विरोध गर्नुपरेको बताएका छन्।

अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने उनको भनाइ छ।

 

Tags: