post-slider post-slider

‘इतिहासले सम्झिने काम गर्छु’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन्।

आइतबार इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको ‘विश्भरिका नेपाली प्रतिभाहरू’ सँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन्।

बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने,‘मैले भनेको थिएँ–यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु–देश र जनतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’

प्रधानमन्त्री प्रचण्डले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिल गरे।

कार्यक्रममा विश्वका विभिन्न देश र नेपालका विभिन्न सहरमा अडिसनमा सहभागी भइ झन्डै १७ देशका ५० हजारबाट छानिएका १२ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

 

Tags: