post-slider post-slider

क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारमा छुटसम्बन्धी सम्झौता

Image
A A

काठमाडौं । क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारसम्बन्धी सम्झौता भएको छ।

क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धी बिहीबार सम्झौता भएको हो। 

श्रवण समस्या भएका व्यक्तिले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत छुट, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट, औषधि र खोपमा १० प्रतिशत छुट, संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट दिने सम्झौता समेत भएको छ। । 

श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि केन्द्रीत गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई  बहिरामैत्री बनाउने सम्बन्धमा सम्झौता भएको हो। 

सामाजिक उत्तरदायित्वअन्तर्गत क्लिनिक वानले श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको उपचारमा हुने असहजतालाई  हटाउने उद्देश्यले उक्त सहमती गर।ेको जनाएको छ। 

 

Tags: