post-slider post-slider

एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

Image
A A

काठमाडौं- नेकपा एमाले कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए।

मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो। 

उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन्।

सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन्। 

Tags: