post-slider post-slider

कोसी सरकार जोगाउन गठबन्धनले राप्रपालाई दियो संसदीय समितिमा भाग

Image
A A

काठमाडौं- प्रतिपक्षी दल राप्रपाले संसदीय समितिमध्ये एउटाको नेतृत्व पाउने भएको छ। 

कोसी प्रदेसमा नेपाली कांग्रेसका मुख्यमन्त्री उद्धव थापालाई समर्थन गर्ने समझदारीमा राप्रपाले एउटा संसदीय समितिको नेतृत्व पाउन लागेको हो।

आइतबार सत्तारुढ दलका प्रमुख सचेतकसहित भएको बैठकले राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिने सहमति गरेका हुन्।

राप्रपाले पूर्वाधार विकास समितिका सदस्य दीपक सिंहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ।

यसअघि पूर्वाधार समितिको नेतृत्व माओवादीले लिने सहमति सत्ता गठबन्धनमा भएको थियो। यो समितिमा माओवादीले माधव सापकोटालाई उम्मेदवार बनाउने तयारी गरेको थियो।

कोसी प्रदेस सरकारमा देखिएको संकट टार्न सापकोटालाई ‘ब्याक’ गराएर पूर्वाधार विकास समिति राप्रपालाई दिन लागिएको हो।

समितिको सभापतिमा उम्मेदवारी दिन लागेका राप्रपाका सिंहको समर्थक सापकोटा आफैं बस्ने भएका छन्।

१० वटा समितिमध्ये माओवादीको भागमा दुईवटा समितिको सभापति परेको थियो।

 

Tags: