post-slider post-slider

बाढीले हेवाखोलाको डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध

Image
A A

पाँचथर- बाढीले हेवाखोलाको डाइभर्सन बगाउँदा मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड पुन: अवरुद्ध भएको छ। दुई दिनदेखि जारी वर्षाका कारण आएको बाढीले बिहीबार बिहान फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको डाइभर्सन बगाएको हो।

असार २ गते आएको बाढीले हेवाखोला पुल बगाएपछि पटक–पटक डाइभर्सन गरिए पनि बाढीले डाइभर्सन नै बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ।

यसअघि असार १२,१३ र १८ गते बनाइएका डाइभर्सन पनि बाढीले बगाएको थियो। पछिल्लो पटक असार २५ गते पेनस्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइए पनि दुई दिन नबित्दै पुनः बगेको हो।

बुधबार साँझको बाढीले डाइभर्सनको सतह पार गर्दै छेकबारका लागि राखिएका ढुंगामाटो सबै बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए।  खोलामा पानीको सतह अत्यधिक बढेको छ।

Tags: