post-slider post-slider

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

Image
A A

दाङ- सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा दुई जनाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

Tags: