post-slider post-slider

टि–२० विश्वकप छनोट : नेपालसामु १४६ रनको लक्ष्य

Image
A A

काठमाडौं- आइसिसी टि–२० विश्वकप छनोट फाइनल प्रतियोगितमा सिंगापुरले नेपालसामु    रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको गरेको सिंगापुरले नेपालसामु  १४६ रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालले टस जितेर सिंगापुरलाई ब्याटिङका लागि निम्तो दिएको थियो। सिंगापुरले निर्धारित २० ओभरमा  विकेट गुमाएर १४५ रन बनायो।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाउँदा अर्का ओपनर अरित्रा दत्त भने शून्य रनमा आउट भएका थिए।

त्यस्तै अमात्र्य कौल्य शून्य, मनप्रीत सिंह २४, आर्यवीर चौधरीले ३७ र जनकप्रकाशले ७ रनको योगदान दिए।

नेपालका लागि अविनाश बोहोराले ३, करण केसी, सन्दीप लामिछाने र गुलशन झाले २–२ विकेट लिए।

११ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा पुग्ने दुवै टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि छनोट हुनेछन्।

दोस्रोपटक टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रिइरहेको नेपाललाई यसपालि घरेलु मैदान र घरेलु दर्शकको साथ हुनेछ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा टि–२० विश्वकपमा भाग लिएको थियो।

त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुनसकेको छैन।

यसपटक घरेलु मैदान र घरेलु दर्शकको साथ लिएर नेपाली टिमलाई शीर्ष दुईमा पुग्ने राम्रो अवसर छ।

सन् २०२४ मा हुने टि–२० विश्वकपमा २० टिम सहभागी हुँदैछन्।

 

Tags: