post-slider post-slider

नेपाललाई ४ विकेटले हराउँदै मलेसिया फाइनल प्रवेश

Image
A A

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई पराजित गरेको छ।

४ विकेटको जित निकाल्ने क्रममा मलेसियाले १ सय १६ रनको लक्ष्य २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।  

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ। यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन्। 

मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन्। उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए। नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए। 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३७ बल खेलिन्, जसमा २ चौका समावेश थियो। त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन्। उनले पनि दुई चौका नै प्रहार गरिन्। रुबिना क्षत्रीले १८ बलमा २० रन बनाइन्। उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन्।

Tags: