post-slider post-slider

आज कुनदेशको मुद्राको विनिमय दर कति?

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको कायम गरिएको छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसामा खरिदबिक्री हुनेछ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४४  रुपैयाँ तथा  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९७ पैसा कायम गरिएको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८१  रुपैयाँमा कारोबार हुनेछ। साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा  विक्रीदर ४३२.४४ पैसा कायम गरिएको छ।

Tags: