post-slider post-slider

कोसीमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : लिङ्गदेन

Image
A A

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले कोसी प्रदेसमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन्।

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

लिङ्गदेनले कोसीमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताए।

उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गरे।

अध्यक्ष लिङ्गदेनले यो विषयमा पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुने बताए।

आफू देश बाहिर भएको बेला कोसी प्रदेसले निर्णय गरेर सभामुख लिएको उनको भनाइ छ।

‘हामी कोसीमा मात्रै सहभागी भएको होइन। योभन्दा अगाडि नै बागमतीमा पनि छ। लुम्बिनी प्रदेसमा उपसभामुखको रुपमा हाम्रो सहभागिता छ। यो नौलो कुरा होइन। तर, अहिले परिवर्तित सन्दर्भमा कोसी प्रदेसमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो। हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो। म देश बाहिर भएको बेलामा कोसी प्रदेसका साथीहरुले निर्णय गरेर सहभागी हुनुभयो। त्यस विषयमा विभिन्न मत छन्,’ उनले भने।

लिङ्गदेनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए।

 

Tags: