post-slider post-slider

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

Image
A A

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यस अघि गुजरातले टस हारेर पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ। त्यस्तै गुजरातको भने यो सातौं हार हो। ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ।

Tags: