post-slider post-slider

रुसी सेनामा भर्ती भएका एक नेपालीको मृत्यु

Image
A A

काठमाडौं- रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ।

प्युठान नगरपालिका–४ काठेवर बस्ने सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।

मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी घाइते छन्।
सुनारका घाइते साथीले नै उनको मृत्युको खबर दिएका हुन्।

प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएको बताए।

थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताए। उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए।

Tags: