post-slider post-slider

नेविसंघ मोरङका सभापति पक्राउ

Image
A A

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले सेवा आयोगको जाहेरीका अधारमा पोखरेललाई पक्राउ गरिएको जानकारी दिएका छन्।

सेवा आयोगका अध्यक्षमाथि भएको दुव्र्यवहारसम्बन्धी घटना छानबिन गर्न पोखरेललाई पक्राउ गरिएको र संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको उनले बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोगका अध्यक्ष दाहाललाई नेविसंघ मोरङले दुव्र्यवहार गरेको थियो।

सुनसरीको इटहरी उपमहानगरपालिकाको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेता एवं कार्यकर्ताहरूले दाहालको अनुहारमा कालोमोसो दलेका थिए।

 

Tags: