post-slider post-slider

भविष्यमा हुनसक्ने खाद्य संकट समाधान गर्नुपर्नेमा राष्ट्रपतिको जोड

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिका विकास संभव हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं केन्द्रीय समितिका पदाधिकारीहरूसँगको भेटमा पौडेलले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेललाई भेट्न महासंघका पदाधिकारीहरू शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए।

उनले सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र सम्भाव्यताको दह्रिलो साझेदारी आवश्यक रहेको बताएका छन्।

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको बताउँदै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे।

राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहुनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको प्रष्ट पारे।

‘रोजगारी सिर्जना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जयस्ता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेला विघ्नबाधा देखा पर्ने गरेका छन्। यसैले गर्दा मूल्यवृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजनिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लागेको छ,’ उनले भने।

राष्ट्रपति पौडेलले भविष्यमा हुनसक्ने खाद्य संकट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिए।

उनले भने,‘नेपालमा जनसंख्या बढ्ने तर उत्पादन घट्दैजाने गरेको छ। युवा जनशक्तिको विदेश पलायन रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ।’

नेपालमा रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले केही दिनअघि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए।

 

Tags: