post-slider post-slider

कुवेतलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

Image
A A

काठमाडौं, फागुन २ - कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा कुवेतले कुवेतलाई पराजित गरेको हो।

कुवेतले प्रस्तुत गरेको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ६.४ ओभरमा दुई विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको थियो। भारी वर्षाका करण खेल सम्भव नभएपछि नेपाललाई विजेता घोषणा गरिएको हो।

नेपालले फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्नेछ।

नेपालका लागि कप्तान इन्दु बर्मा २२ र कविता जोशी चार रन बनाएर खेलिरहेका थिए। त्यसअघि सीता रानामगर १७ र कविता कुँवर एक रन बनाएर आउट भए।

कुवेतका लागि मारियम ओमरले एक विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्‍यो। कुवेतका लागि प्रियदा मुरलीले २९ तथा शान्ति बालसुब्रमण्यम र खादिजा खलीलले सामान १३ रन बनाए।

नेपालका लागि सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए। सीताले ह्याट्रिक पूरा गरेकी हुन्। उनले १३औं ओभरको प्रियदालाई एलबिडब्लुको धरापमा पारिन्। तेस्रो बलमा मार्याम ओमरलाई विकेटकिपर काजल श्रेष्ठबाट स्टम्पिङ्ग गराइन्। चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबिडब्लु आउट गरिन्।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका हुन्।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान आठ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो। समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यानमारलाई २७ रने पराजित गरेको कुवेत थाइल्यान्डसँग ९६ रनले स्तब्ध बनेको थियो।

Tags: