post-slider post-slider

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार

Image
A A

सिरहा, फागुन ३ - सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कारको सिकार भएकी छिन्।

प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा लहानस्थित साथीको डेरामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। ती बालिका बरियारपट्टी गाउँपालिकाकी हुन्।

बालिका बलात्कार आरोपमा  बिहीबार सुखीपुर नगरपालिका-२ का १८ वर्षीय निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ती बालिकालाई फकाएर साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्रराज पाण्डे जानकारी दिए।

निकेशले किशोरीलाई लहान-१ स्थित डेरामा लगेर बुधबार दिउँसो २ बजे जबरजस्ती करणी गरेको पाण्डेले बताए।

सोही कारण आफू बिरामी भएको किशोरीले आफन्तलाई जानकारी गराएपछि परिवारले उजुरी दिएको थियो।

बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एक जनाले आफन्तलाई खबर गरेका थिए।

किशोरीको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ। उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।  

Tags: