post-slider post-slider

‘यो गठबन्धनले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्छ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म अघि बढ्ने बताएका छन्।

धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उदघाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

सरकारबारे बाहिर विभिन्न थरीका हल्लाहरू चलिरहे पनि पाँच वर्षसम्म यही गठबन्धन चल्ने उनले बताए।

‘अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन,’ प्रचण्डले भने।

सरकार र गठबन्धनका बारेमो अरूले भन्ने कुरामा भन्दा पनि राम्रो गर्दै जानेमा आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ थियो।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो काम गरे पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रचण्डले बताए।

 

Tags: