post-slider post-slider

नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, आगामी यात्राका लागि जित्नैपर्ने दबाबमा

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपाली टोल िनेदरल्यान्ड्ससँग भिड्दैछ।

जिम्बावेको टाकासिंगा स्पोर्टस क्लबमा दिउँसो १२ः४५ बजे नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्न नेपाली टोली नेदरल्यान्ड्सविरूद्ध जित्नैपर्ने दबाबमा छ।

छनोट प्रतियोगितामा अगाडिको यात्रा सुनिश्चित गर्न नेपालले यो खेल जित्नैपर्नेछ।

यसअघि भएका तीन खेलमा एक खेलमात्रै जितेको नेपाल यो खेलमा पनि पराजित भए समूह चरणबाटै बाहिरिनेछ।

नेदरल्यान्ड्सलाई पराजित गरेको अवस्थामा भने नेपालको सुपर सिक्समा जाने सम्भावना भने कायम हुनेछ।

तर, यसका लागि नेदरल्यान्ड्स र वेस्टइन्डिजको खेल निर्णायक हुनेछ। नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्स वेस्टइन्डिजसँग पराजित हुनुपर्नेछ।

प्रदर्शन र अनुभवका आधारमा तुलनात्मक रूपमा वेस्टइन्डिज टोली नेदरल्यान्ड्सभन्दा बलियो देखिन्छ।

तीन खेल खेलेको नेपालले २ अंक जोड्दा नेदरल्यानड्सले दुई खेलबाट २ अंक जोडेको छ।

पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सले नेपाल र वेस्टइन्डिजसँग खेल्न बाँकी छ।

 

 

Tags: