post-slider post-slider

काठमाडौं फेरि विश्वको सबैभन्दा प्रदुषित सहर

Image
A A

काठमाडौं- काठमाडौं उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदुषण तह बढेको छ। सोमबार १७६ एक्यूआई मापन गरिएको छ। आज काठमाडौं विश्वको सबैभन्दा बढी प्रदुषित सहरका रुपमा सूचीकृत रहेको छ।    

नेपाल पहिलो स्थानमा १६७ एक्यूआईसहित छ भने चीनको बेइजिङ १६१ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, भारतको कोलकोता १५८  एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ। यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

प्रदुषण मापनमा शून्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ। 

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। 

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

Tags: