post-slider post-slider

द्रुत बस सेवा पुनः सुरू हुँदै

Image
A A

काठमाडौं- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ।

द्रुत बस सेवा सञ्चालनका लागि सडक पुनः रंगरोगन गरिनुका साथै ठाउँ ठाउँमा बोर्ड राखिएका छन्।

यो सेवाका लागि ११ वटा बस थपिएका छन्। तर, बस सञ्चालनका लागि भएको खर्चबारे न  सडक  विभाग न यातायात व्यवस्था विभागले प्रष्ट पारेको छैन।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बसे सेवा सञ्चालनका लागि यअसघि करिब तीन करोड खर्च भएको सुनिए पनि अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे आफूलाई थाहा नभएको बताएका छन्।

उनका अनुसार द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायाता व्यवस्था विभागले लिएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले दु्रत बस सेवा सञ्चालन तथा पुनः सञ्चालनका लागि भएका खर्चबारे आफूलाई थाहा नभएको बताए।

द्रुत बस सेवा पुनः सञ्चालनका लागि विभागबाट अहिलेसम्म एक सुक्का पनि खर्च नभएको उनको भनाइ छ।

 

Tags: