post-slider post-slider

भारत भ्रमणको टोलीमा पाँच जना मन्त्री सहभागी हुने

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको टोलीमा पाँच जना मन्त्री सहभागी हुने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्री सहभागी हुने जानकारी दिएकी छन्।

उनका अनुसार टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योगमन्त्री लगायत रहने छन्।

प्रधानमन्त्री प्रचण्डको टोली यही जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ। 

यस्तै मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०÷८१ को बजेट पनि पारित गरेको छ।

सरकारले पारित गरेको बजेट राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो।

 

Tags: