post-slider post-slider

पार्टीभित्र मतभेद हटाएर आगामी चुनावमा बहुमत ल्याउँछौं : शेरबहादुर देउवा

Image
A A

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन्।

शनिबारर सुनसरीको इनरुवामा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रको मतभेद र आपसी मनोमालिन्य हटाउन सके अब हुने आम निर्वाचनमा बहुमत ल्याउन कठिन नहुने बताए। ‘पार्टी भित्र सानातिना मतभेद हुन्छन्। हाम्रोमा पनि छ, अरू पार्टीमा पनि छ। तर कांग्रेसले आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्न सके फेरि बहुमत ल्याउन सक्छ,’ उनले भने।

देशमा स्थायी शान्तिलाई अझ मजबुत बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उनको भनाइ थियो। उनले कांग्रेसका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर समस्याबारे जानकारी लिनुपर्ने बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिवार नै सुनसरीको बलाहमा निर्मित बीपी कोइरालाको पूर्णकदको शालिक पनि अनावरण गरेका थिए।

Tags: