post-slider post-slider

सर्लाहीमा लहरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

Image
A A

सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गस्थित बाग्मती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लहरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रुपन्देही मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन्।

रुपन्देहीबाट जनकपुरतर्फ गइरहेको बस  लहरीमा ठोक्किएको थियो। बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

Tags: